राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

मंसिर ६, २०८० मा प्रकाशित | 728 views

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्नुभएको छ ।

बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web