काठमाडौँ । भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बिहीवार भएकाे खेलमा भारतले श्रीलङ्कालाई ३ सय २ रनकाे फराकिलाे अन्तरले हरायाे ।
भारतले दिएकाे ३ सय ५८ रनकाे विशाल लक्ष्य पछ्याएकाे श्रीलङ्का १९ ओभर ४ बलमा ५५ रनमै अलआउट भयाे । श्रीलङ्काका कसुन रजिथाले सर्वाधिक १४ रन बनाए । उसका ४ जना खेलाडी शून्य रनमै आउट भए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५, र मोहम्मद सिराजले ३ विकेट लिए ।
यसअघि मुम्बईकाे वानखेडे स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायाे । भारतका शुभमन गिलले ९२, विराट काेहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिए ।
भारत १३ औँ संस्करणको प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । भारत ७ खेलमा सबै खेल जित्दै १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
26.12¡ÆC