स्ववियु निर्वाचन फागुन १४ मा

असार २६, २०७३ मा प्रकाशित | 831 views

अशोक ढकाल
२६ असार, काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव आगामी फागुन १४ गते हुने भएको छ ।

आज आइतबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको त्रिवि सभामा आगामी फागुन १४ गते स्ववियुको चुनाव गर्ने बारे छलफल भएको थियो । सभामा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विभिन्न विद्यार्थी संगठन नेताहरुका उपस्थिती रहेको थियो ।

उमेर हद म्यादका बारेमा विभिन्न विद्यार्थी संगठनका बिच कुरा नमिल्दा यसअघि तोकिएको चुनाव पनि हुन सकेको थिएन् । हरेक दुई वर्षमा स्ववियु चुनाव हुनु पर्ने प्रावधान भएपनि २०६५ सालदेखि चुनाव हुन सकेको छैन ।

उमेर हदम्याद, चुनाव प्रणालीलगायतका समस्या समाधान गर्न त्रिविका रेक्टर डाक्टर सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिले अबको एक महिना भित्र उमेर हदबन्दी, मिश्रित वा समानुपातिक चुनाव प्रणलीलगायतका समस्याहरु समाधान गर्ने र फागुन १४ गते चुनाव हुने अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । तर यसमा अन्य विद्यार्थी संगठनले सहमति जनाउन बाँकी छ । एक पटकको चुनावलाई उमेर हदबन्दी नलगाउनु पर्ने  अखिल क्रान्तिकारीका प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web