मन्त्रिपरिषद बैठक: कानुन आयोग अध्यक्षमा पौडेल,चीनलाई दुई जोडी गैंडा उपहार

असार २६, २०७३ मा प्रकाशित | 801 views

काठमाडौ,असार २६ । नेपालले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा उपहार दिने भएको छ ।  आइतवार विहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो । अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको  सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।

मन्त्रिपरिषदको बैठकले कानुन सेवा आयोगको अध्यक्षमा पूर्वमन्त्री तथा पूर्व सचिव माधव पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि चुनावी सरकारको मन्त्री र त्यसअघि सरकारका सचिव रहेका पौडेल कानुन आयोगको अध्यक्ष बन्नु भएको हो । यस्तै सिंचाइ विभागका महानिर्देशक रामानन्द यादवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको सेवा सुविधा निर्धारणमा पनि सैद्धान्तिक सहमति गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web