नेपाल क्रिकेट सङ्घको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै

अशोज ६, २०८० मा प्रकाशित | 374 views

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । साधारण सभा तथा बन्द सत्र हिजो सकिएसँगै आज चुनाव हुन लागेको हो ।

दिउँसो १२ बजेपछि मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्नेछन् ।

क्यानको चुनावमा ८५ मत रहे पनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसङ्ख्या ८४ रहेको छ । कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web