
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाले ‘समावेशी र सीपमुलक शिक्षा : स्वदेशमै युवा, राष्ट्रको इच्छा’ भन्ने मुल नाराको साथ ४१औं शिक्षा दिवस विभिन्न कार्यक्रमको साथ मनाएको छ ।
तादी गाउँपालिकाको आयोजनामा मंगलबार तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा ४१औं शिक्षा दिवसको अवसरमा शिक्षासंग सम्बन्धित विभिन्न गतिविधिको साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, वडा अध्यक्षहरु बच्चुराम तामाङ, अस्मिनकुमार पाण्डे, नकुर दोङ तामाङ, कार्यपालिका सदस्यहरु, शिक्षा अधिकृत रामचन्द्र कार्की, विभिन्न शाखाको पालिकाको कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक एंव शिक्षका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा माध्यामिक विद्यलाय तहस्तरीय वक्तृत्वकला प्रतियोगिता, तादी गाउँपालिकाको स्थानिय पाठ्यक्रम ‘हाम्रो तादी’को लोकार्पण सहित विशेष रुपमा माध्यमिक शिक्षा परिक्षा (एसइई) २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय, तथा विद्यार्थीलाई सम्मान र पुरस्कार समेत प्रदान गरि भव्य रुपमा सम्पन्न गरिएको हो।

बक्तृत्वकला प्रतियोगिता संचालन र पुरस्कार बितरण, एसइइको नतिजामा पालिकास्तरमा उत्कृस्ट जिपिए प्राप्त गर्ने ४ जना विध्यार्थीलाई नगद र प्रमाणपत्र सहित सम्मान, एसइई मा विषयगत रुपमा औसतमा उच्चतम जि पि ए प्राप्त गराउन सफल शिक्षकहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान, एसइईको नतिजा अनुसार गाउँ पालिकास्तरमा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालयहरुलाई सम्मान पत्र तादी गाउपालिकाको अध्यक्ष सन्तमान तामाङले प्रदान गर्नुभयो ।

उहाँले ‘हाम्रो तादी’नामक स्थानीय पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजाने प्रतिबध्दता जनाउनुभयो ।

24.12¡ÆC