भोलिदेखि पानी पर्ने क्रम अझ घट्ने

साउन ३२, २०८० मा प्रकाशित | 322 views

काठमाडौँ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एक/दुई ठाउँमा दिउँसाे र राति पनि ठूलो वर्षाको सम्भावना छ ।

यस्तै, राति गण्डकी प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य पहाडी क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । गएको शुक्रवार रातिदेखि आइतवारसम्म तराईका जिल्लासहित देशभर पानी परेको थियो । त्यसपछि भने पहाडी क्षेत्रमा मात्रै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा सर्ने क्रममा रहेकाले भोलिदेखि पानी पर्ने क्रम अझ घट्ने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web