कोलम्बिया महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

साउन २३, २०८० मा प्रकाशित | 427 views

काठमाडौँ । जमैकालाई हराउँदै कोलम्बिया फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

आज मङ्गलवार अस्ट्रेलियाको मेलबर्न रेक्टेङ्गुलर स्टेडियममा भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हरायो । कोलम्बियाका लागि ५१ औँ मिनेटमा क्याटालिन युस्मीले गोल गरिन् । क्वाटरफाइनलमा कोलम्बियाले इङ्ग्ल्यान्डसँग खेल्नेछ ।

आयोजक अस्ट्रेलियासहित इङ्ग्ल्यान्ड, स्विडेन, नेदरल्यान्ड्स, जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web