प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रमुख ३ दलबीच सहमति

साउन १५, २०८० मा प्रकाशित | 417 views

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरू प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमति जुटाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो । सहमतिलगत्तै मङ्गलवार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको आचार्यले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि आउँदो २० गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिलेसम्म परिषद्को बैठक नै बस्न नसकेको हो ।

शीर्ष नेताहरूको बैठकमा संसदमा रहेको अवरोध हटाउने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web