मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

साउन १४, २०८० मा प्रकाशित | 271 views

काठमाडौँ । आज आइतवार बिहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दिउँसो ३ बजेपछि दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बिहान इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौँ गाडी र यात्रु अलपत्र परेका थिए । पहिरो हटाएपछि अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएकाे डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

वर्षाका कारण यो सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा पटक–पटक अवरुद्ध हुँदै आएको छ । अहिले राष्ट्रिय राजमार्गअन्तर्गत तमोर काेरिडोरको पाँचथर खण्ड, कालीगण्डकी काेरिडोरको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ । विभिन्न २४ वटा सडक खण्ड एकतर्फी सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web