काठमाण्डौ महानगर ‘स्विस टुरिजम अवार्ड’ का लागि छनोट

साउन ३, २०८० मा प्रकाशित | 319 views

काठमाण्डौ । काठमाण्डाै महानगरपालिका ‘स्विस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ । आउँदो नोभेम्बर ३ देखि ५ तारिखसम्म स्विट्जरल्यान्डकाे लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाण्डाै महानगरपालिका छनोट भएको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरूको निर्णायक समितिले अवार्डका लागि काठमाण्डौ महानगरलाई छनोट गरेको आयोजकले जनाएको छ ।

काठमाण्डाैकाे सांस्कृतिक, धार्मिक र पुरातात्त्विक इतिहास, मूर्त–अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको आयोजकले काठमाण्डौ महानगरलाई पठाएको निमन्त्रणापत्रमा उल्लेख छ । काठमाण्डौ महानगरले विश्वभरका आगन्तुकलाई मोहित बनाउने पनि पत्रमा उल्लेख छ ।

‘स्विस टुटिजम अवार्ड’ गएकाे १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आवेदन दिन सक्छन् । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ । अवार्ड कार्यक्रममा स्विट्जरल्यान्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web