‘गल्छी-रसुवागढी सडक योजना’को नुवाकोटमा मुआब्जा निर्धारणको काम सम्पन्न

त्रिशूली ।  ‘गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसीँ, रसुवागढी सडक योजना’को कार्यालयले सडक विस्तारको क्रममा नुवाकोटतर्फ दिनुपर्ने मुआब्जा निर्धारणको काम सम्पन्न गरेको छ । मिति २०८० असार १८ गते विदुर–१ ढुङ्गेचोकदेखि धोवीखोलासम्म पर्ने जग्गाको मुआब्जा निर्धारण भएसगैँ सडक योजनाको कार्यालयले मुआब्जा उपलब्ध गराउनुपर्ने सडकतर्फको अधिकांश काम सम्पन्न गरेको योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

TOP