सरकार परिवर्तन हुँदैन, केहिदिनमा विस्तार हुन्छ-प्रधानमन्त्री

असार २३, २०७३ मा प्रकाशित | 941 views

२३ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताउनुभएको छ ।

भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो भन्नुभयो ।

सरकारले आफ्ना नीति तथा कार्यक्रमअनुसारका योजनालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै उहाँले भूमिसम्बन्धी समस्या पहिचान गरी समाधानका लागि उपयुक्त बाटो पहिल्याउन गोष्ठीमा हुने छलफल उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web