त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिकाको मिना ग्लानलाई यो वर्षको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरिएको छ ।
संघीय सरकार अन्तरगत रहेको युवा तथा खेलकुद मन्त्रालयले हिजो शनिबार सूचना जारी गर्दै यो वर्षको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान नुवाकोटको मिना ग्लान सहित ६ जना खेलाडीलाई प्रदान गर्न लागिएको छ । पुरस्कार राशी एक लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
नुवाकोटको सूर्यगढीमा जन्मेर नुवाकोटबाट नै उसु खेलमा प्रतिस्पर्धा गर्दै आउनुभएका मिना ग्लान अहिले काठमाडौबाट प्रतिस्पर्धा गर्दै आउनुभएको उसु संघ नुवाकोटका अध्यक्ष शरण घलेले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार विभिन्न प्रतियोगिताा सहभागि सहित उत्कृष्ट नतिजा ल्याउन सफल रहेको मिनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान अर्पण गर्दा नुवाकोटका खेलाडीहरुको समेत मनोबल उच्च हुने जिल्ला खेलकुद विकास समिति नुवाकोटको कार्यालयका प्रमुख सन्तोषी बैद्यले जानकारी दिनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले यसअघि जारी गरेको सूचनाको आधारमा संकलन भएको आवेदनको प्रतिस्पर्धामा खेलाडी साधारणतर्फ ६ जना, खेलाडी पारातर्फ १ जना, प्रशिक्षकतर्फ १ जना, निर्णायक तथा रेफ्रीतर्फ १ जना र चिकित्सक तर्फ १ जनालाई जनही एक लाख रुपैयाँ पुरस्कार रहेको सम्मान अर्पण गर्न लागिएको हो ।
27.12¡ÆC