दुर्घटना हुनबाट बच्यो फ्लाइ दुबईको जहाज

बैशाख १२, २०८० मा प्रकाशित | 218 views

काठमाडौँ । फ्लाइ दुबईकाे जहाज दुर्घटना हुनबाट जाेगिएकाे छ ।

त्रिभुवन विमानस्थलबाट दुबईकाे लागि उडेकाे केहीबेरमै विमानकाे इन्जिनमा आगाे लागेपछि सुरक्षित अवतरण खाेजिरहेकाे जहाजकाे अवस्था  सामान्य भएसँगै गन्तव्यतर्फ लागिसकेकाे नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निराैलाले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जहाज नर्मल अवस्थामा छ । अहिले आफ्नै गन्तव्यमा लागेको छ ।’

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले पनि अवस्था सामान्य भएर विमान दुबईतर्फ लागिसकेकाे बताउनुभएकाे छ । उहाँले फेसबुकमा स्टाटस राख्दै चिन्ता नगर्न पनि आग्रह गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web