पत्रकारहरुलाइ सम्बोधन गर्दै डा‍‍‍‍ स्वर्णिम वाग्ले , ‘गौरव गर्ने सांसद बनेर देखाउछु’

चैत्र २४, २०७९ मा प्रकाशित | 1596 views

तनहुँ क्षेत्र नं १ बाट आसन्न प्रतिनिधि सभा उपनिर्वाचनका घण्टी बाहक उम्मेदवार डा स्वर्णिम वाग्लेले शुक्रबार दमौली मा पत्रकार सम्मेलन गरि औपचारीक रुपमा चुनाबि अभियान सुरुवात गरेका छन् । अर्थबिद् वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फ बाट उक्त क्षेत्रमा उम्मेदवारको रुपमा आएका हुन् ।
पत्रकार भेटघाटमा सम्बोधन गर्दै डा वाग्लेले तनहुँको सुगम देखि दुर्गम क्षेत्र सम्मको भ्रमणले धेरै काम गर्नु पर्ने देखिएको बताएका छन् । बर्गिय असमानता , बिकाशका पूर्वाधार बन्ने तर स्तरहिन हुनु , पर्यटकिय सम्भावना बोकेको बिभिन्न क्षेत्रलाइ छनौट नगरिनु जस्ता समस्या देखेको बताए । नजिकैको पोखरामा पर्यटकको आइरो लाग्नु तर तनहुँको बन्दिपुर बाहेक अरु स्थानमा एक रात पनि नबस्ने भन्दै पर्यटकलाइ लोभ्याउने बिभिन्न योजना ल्याउन जरुरी रहेको पनि बताएका छन् । उक्त पत्रकार भेटघाट कार्यक्रममा यदि आफूले यो चुनाव जिते तनहुँ बासिले गर्व गर्न लायक
बैसाख १० मा चुनाबि प्रतिस्पर्धामा उत्रिरहँदा आफू संस्कारयुक्त राजनिति गर्ने र कसैलाइ गालि गरेर होइन सम्मान गरेर संगै प्रतिस्पर्धा गर्ने पनि बताएका छन् । तनहुँ क्षेत्र नं १ बाट गत मंसिर ४ मा भएको चुनावमा बिजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बने पछि यस क्षेत्र सांसद बिहिन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web