<p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23.998001098632813px;">एजेन्सी,असार २३ । युरोकप फुटबलको दोश्रो सेमिफाइनलमा आज आयोजक फ्रान्स र विश्वविजेता जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाली समय अनुसार राती पौने १ बजे स्टेड भेलोड्रोम स्टेडियममा हुने खेलमा समस्याबाट गुज्रिरहेको जर्मनीसँग फ्रान्सलाई बदला लिने मौका रहेको छ । मुख्य खेलाडी घाइते भएपछि जर्मनीले तनाब सामना गर्न परिरहेको छ। सेन्टर ब्याक म्याटहुमेल्स पहेँलो कार्ड पाएका कारण मार्सेमा हुने खेललाई निलम्बित छन्।</p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23.998001098632813px;">स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी खेडिरा चोटका कारण सेमिफाइनलबाट बाहिरिनुपरेको छ। <br>आयोजक फ्रान्सले घरेलु मैदानमा भएको ठूला प्रतियोगिताहरुमा हार ब्यहोरेको छैन। जर्मनीसँग पनि ठूला प्रतियोगितामा फ्रान्ससँग हारेको रेकर्ड छैन। फ्रान्स सन् १९६६ को विश्वकपदेखि यता ठूला प्रतियोगितामा जर्मनीसँग भएको सबै ९ खेलमा पराजित भएको छ। </p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23.998001098632813px;">जर्मनी पछिल्ला विश्वकपमा भएका ३ वटा नकआउट चरणका खेलहरूमा फ्रान्ससँग अपराजित रहँदै आएको छ भने मुख्य प्रतियोगिताको सेमिफाइनलमा पनि जर्मनीको राम्रो रेकर्ड छ। सन् २०१४ को विश्वकपमा पनि क्वार्टरफाइनलमा जर्मनीसँग १-० पराजित हुँदै फ्रान्स घर फर्केको थियो। </p>
20.12¡ÆC