विदुर । जिल्ला समन्वय समिति नुवाकोटको छैठौ जिल्लासभाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एंव बजेट अनुमोदन गरेको छ ।
आइतबार बिहानदेखि सुरु भएर गएराती अबेरसम्म चलेको जिल्ला छैठौ जिल्लासभाले जिल्ला समन्वय समितिको चालु आर्थिक वर्षको संघीय सरकारको अनुदान, प्रदेस सरकारको कार्यक्रम अनुदान, जिससको मौज्दात कोष मार्फत गरिएको तथा गर्नुपर्ने खर्चको विवरण अनुमोदन गरिएको छ । यस्तै, जिल्लास्तरीय रुपमा सबै पालिकाको दायित्व एंव जिम्मेवारीमा पर्ने योजना तथा कामको सहजिकरण, सञ्चालन र अनुगमनको जिम्मेवारी लगायतका विभिन्न योजनाहरु पनि जिल्ला सभाबाट अनुमोदन गरिएको छ ।
छैठौ जिल्लासभाको उद्घाटन गर्दै संघीय संसाद् तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले राज्य पुर्नसंरचना पश्चात जनताको सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पुराउने उद्देष्य अनुसार स्थानीय सरकार सहित जिल्ला समन्वय समितिको परिकल्पना गरिएकाले सोही अनुसारको काम तथा सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
स्थानीय सरकारले सरल रुपमा जनतालाई सेवा पुराउने कामको जिम्मेवारी पाएको स्थानीय सरकारहरुलाई समन्वय गर्ने, काम कारबाहीको अनुगमन गर्ने तथा संघ र प्रादेसिक कार्यालयसंग समन्वय गर्ने भनेर पाएको जिम्मेवारी अनुसार काम गर्नको लागी जिल्ला समन्वय समितिलाई पूर्वमन्त्री समेत रहनुभएका संघीय सांसद् हितबहादुर तामाङले आग्रह गर्नुभएको छ ।
संघीय सांसद् सञ्चालनमा रहेकाले जिल्लासभामा उपस्थित हुन नसक्नुभएका संघीय सांसद् तथा काँग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिह केसीले लिखित शुभकामना पठाउदै जिल्लामा रहेका स्थानीयतह र स्थानीयतहको अभिभावकीय सँस्थाको रुपमा रहेको जिल्ला समन्वय समितिलाई जनतालाई सरल र सहज रुपमा सेवा पुराउनतर्फ केन्द्रित हुनको लागी आग्रह गर्नुभएको छ ।
कार्यक्रममा प्रदेस सांसद्हरु राधिका तामाङ र रामप्रसाद ढुङ्गाना, प्रमुख तथा अध्यक्षहरुको तर्फबाट विदुरका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख तथा उपाध्यक्षहरुको तर्फबाट बेलकोटगढीका नगरउपप्रमुख शिवप्रसाद दाहाल सहित नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्लामा क्रियाशिल रहेका राजनीतिक दलका प्रमुख एंव प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले खुला सत्रमा पेश गर्नुभएको चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सहितको सभाबाट अनुमोदन गराउनुपर्ने एजेण्डाहरु बन्द सत्रमा छलफल गर्दै पास गरिएको छ ।
जिल्लाका स्थानीयतहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षहरुले निर्वाचित स्थानीयतहका जनप्रतिनिधिबाट मतदान गरेर चुनिएको जिल्ला समन्वय समतिको जिल्लासभामा जिससकै पदाधिकारी र स्थानीयतहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षहरु हुने कानून प्रावधान रहेको छ ।
28.4¡ÆC