नेपाललाई थ्री नेसन्स कपको उपाधि, लाओस २–१ ले पराजित

चैत्र १८, २०७९ मा प्रकाशित | 312 views

काठमाडौँ । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपकाे उपाधि जितेकाे छ । फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै आयाेजक नेपालले उपाधि जितेकाे हाे ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे २४ अ‍ौँ मिनेटमा आयुष घलानले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याउँदा पहिलाे हाफ बराबरीमा सकिएकाे थियाे ।

निकै प्रतिस्पर्धात्मक खेलकाे ८७ औँ मिनेटमा मनिष डाँगीले गाेल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले ३ हजार डलर पुरस्कार पाएकाे छ । फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै ५ सय डलर प्राप्त पारे ।

प्रतियाेगितामा नेपाल, लाओस र भुटानकाे सहभागिता थियाे । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web