लिजेन्ड्स लिग क्रिकेटको उपाधि एसिया लायन्सलाई

चैत्र ७, २०७९ मा प्रकाशित | 333 views

काठमाडौँ । लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध टोली एसिया लायन्सले जितेको छ ।

गएराति भएको फाइनल खेलमा एसियाले वर्ल्ड जायन्ट्सलाई सात विकेटले हरायो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपुल थरङ्गा ५७ रनमा आउट भए । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एक/एक विकेट लिए । त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

उसका अलराउन्डर ज्याक्स कालिस ७६ रनमा अविजित रहे । एसियाका अब्दुर रजाकले २ विकेट तथा थिसेरा परेराले एक विकेट लिए । फाइनल खेलमा नेपालका पारस खड्काले ब्याटिङ र बलिङको अवसर पाएनन् । लिगमा एसिया लायन्स, वर्ल्ड जायन्ट्स र इन्डिया महाराज गरी तीन टोली रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web