उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण

चैत्र ६, २०७९ मा प्रकाशित | 459 views

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिनु भएको हो ।

गएको ३ गते भएको चुनावबाट उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । जसपाका नेता रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै चुनाव जित्नु भएको थियो ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल अस्ति शनिवार सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web