
त्रिशूली । नेपाल राहत शिक्षक, जिल्ला कार्यसमिति नुवाकोटको नयाँ कार्यसमिति चयन भएको छ । हालै भएको चौथो भेलाबाट पुनः रामचन्द्र भण्डारीको अध्यक्षतामा २१सदस्य रहेको राहत शिक्षक नुवाकोटको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा दिपक अधिकारी, उपाध्यक्षहरुमा रामकुमार अधिकारी, सुस्मिता थापा र विष्णुप्रसाद रिजाल, सचिवमा रविन्द्रनाथ (आर.एन.) न्यौपाने, सहसचिवमा सपना अधिकारी र कोषाध्यक्षमा गणेशप्रसाद सिटौला चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा शिवपुरीबाट टेकेन्द्र भट्टराई, दुप्चेश्वरबाट अशोककुमार पण्डित, तादीबाट रामप्रसाद ढकाल र नबिना खनाल, बेलकोटगढीबाट सन्तोषी नेपाल र विदुरबाट उषा नगरकोटी, बासुदेव सापकोटा र मनोजकुमार मिश्र, किस्पाङबाट अमरध्वज लामिछाने, ककनीबाट राजकुमार तामाङ, तारकेश्वरबाट अप्सरा श्रेष्ठ, म्यागङबाट बिनोद शाह र सूर्यगढीबाट शोभा तामाङ चयन हुनुभएको छ ।
राहत शिक्षक नुवाकोटको सल्लाहकारमा गजेन्द्र खड्का, शेषमान तामाङ र प्रकाश सडौला रहेको बरिष्ठ उपाध्यक्ष दिपक अधिकारीले जानकारी दिनुभएको छ ।

‘पेशागत स्थायित्वको लागी संगठिन बनौ’ भन्ने नाराको साथ विशुद्ध पेशागत विषयमा राहत शिक्षकहरुको हक र अधिकारको विषयमा वकालती गर्ने तथा दायित्वको सन्दर्भमा जिम्मेवार बन्नको लागी समितिलाई सक्रिय रुपमा चलायमान बनाउने सचिव आर.एन. न्यौपानेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा राहत शिक्षकबाट लोक सेवा आयोग उर्तिर्ण गर्ने शिक्षकहरुलाई बधाई सहित सम्मान गरिएको थियो ।
22.12¡ÆC