नेकपा एमाले सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता

फाल्गुन १५, २०७९ मा प्रकाशित | 376 views

काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यस्तै, एमालेले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web