नुवाकोट जिल्ला बुद्धिचाल संघको अध्यक्षमा प्रकाश जोशी चयन

फाल्गुन ७, २०७९ मा प्रकाशित | 457 views

नुवाकोट जिल्ला बुद्धिचाल संघको अध्यक्षमा त्रिशूली बजारका प्रकाश जोशी चयन हुनुभएको छ । आज भएको जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा प्रकाश जोशीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा श्याम केसी, सचिव हरिचन्द्र अमात्य र कोषाध्यक्षमा सुरज लामा चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा मञ्जु चिकार, जियाउल हक मिया, श्रीकृष्ण डंगोल र कुलबहादुर थापामगर चयन हुनुभएको छ ।

No description available.

समितिको कार्यसमिति सदस्य नौ जनाको हुने भएकाले अब जिल्ला खेलकुद विकास समिति नुवाकोटबाट पठाएको प्रतिनिधि थप हुने अध्यक्ष प्रकाश जोशीले जानकारी दिनुभएको छ । यसैगरी, पालिकास्तरीय सदस्य प्रतिनिधितर्फ विदुरबाट शिव खड्गे, बेलकोटगढीबाट शिवराम पुडासैनी, तारकेश्वरबाट हरिशरण खनाल, ककनीबाट सुरेन्द्र लामा, लिखुबाट दिपक थापा समावेश गरिएको छ । बाँकी पालिकाबाट सदस्य–प्रतिनिधि प्राप्त हुन बाँकी रहेको छ ।

संघका यसअघिका अध्यक्ष अमजद आलमले सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिलाई बुद्धिचाल खेलको प्रचारप्रसार र प्रतियोगिता सञ्चालनतर्फ केन्द्रित हुनु सुझाब दिनुभएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web