त्रिशूली । नुवाकोटको तादी गाँउपालिकाको आयोजनामा ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’ आजदेखि सुरु हुन लागिरहेको छ ।
गाँउपालिका अध्यक्ष सन्तमान तामाङको अनुसार आज माघ १८ गतेदेखि सुरु भएर यही माघ २१ गतेसम्म अमरज्योती माविको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
नुवाकोट जिल्लामा रहेका पालिकाहरुको तर्फबाट प्रतिस्पर्धा गराइने भएकाले खेल्नको लागी सबै पालिकाले यसअघि १५ गतेसम्म दिएको समयसीमा भित्रै नाम दर्ता गराएका छन् । आज खेलको शुभारम्भ अर्थात उद्घाटन पूर्वमन्त्री तथा नेपाली काँग्रेस प्रवक्ता, प्रतिनिधिसभा सदस्य डा.प्रकाशशरण महतले गर्न लाग्नुभएको छ । यही माघ २१ गतेको समापन समारोह तथा पुरस्कार वितरणको प्रमुख अतिथी पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हितबहादुर तामाङ ‘शमसेर’मार्फत गरिने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई एक लाख ५० हजार, दोश्रो हुने समूहलाई एक लाख रुपैयाँ र तेश्रो हुने समूहलाई ५० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गाँउपालिकाको उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार ‘खेल मार्फत विकास, अनुशासन र गतिशिलता’ दिनको लागी प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको खेलहरु राष्ट्रियस्तरको रेफ्री मार्फत खेलाइने छ भने अन्तराष्ट्रिय नियम लागू गरिने भएकाले सहभागी खेलाडीको लागी प्रतियोगिता निकै महत्वको रुपमा लिन सकिने तादी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले बताउनुभयो ।
19.12¡ÆC