“दोस्रो एनयुएफसी अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता”आजदेखि

माघ ६, २०७९ मा प्रकाशित | 677 views

त्रिशूली । नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा “दोस्रो एनयुएफसी अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता” आजदेखि सुरु हुन लागेको छ ।
आज माघ ६ गते शुक्रबारदेखि सुरु भएर यही माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र र छात्रा दुवै समूहको फरक फरक प्रतिस्पर्धा गराउन लागिएको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार छात्रतर्फ १८ विद्यालयको सहभागिता रहेको छ ।

छात्रातर्फ सात विद्यालयको सहभागिता रहेको छ ।

May be an image of text that says "दोसरो NUFC CUP 2079 छात्र तथा छात्रा अन्तर विद्यालय जिल्ला स्तरीय फुटबल प्रतियोगिता ग्रुप 'A' छात्रा भैरवी मा.वि. ग्रुप 'Î' छात्रा अकिंड एकेडेमी M.No.2 रणभुकनेश्वरी मा.वि. M.No.18 जे.डि. बोडिड स्कुल घन्दज्योति मा.वि. FINAL M.No.22 M.No.8 M.No.5 M.No.19 सुभेनियर बोडिड स्कुल भिमसेन मा.वि."

प्रतियोगिताको उद्घाटन आज १ बजे नुवाकोट आदर्श बहुमुख क्याम्पसको खेल मैदान बट्टारमा हुन लागेको क्लबका सचिव रबिन भुजेलले जानकारी दिनुभएको छ । उहाँको अनुसार प्रतियोगिताको आज हुने उद्घाटन खेलमा छात्रतर्फ रणभुवनेश्वरी मावि देवीघाटसंग जेडि बोर्डिङ बट्टारले र छात्रातर्फ भैरवी मावि नुवाकोटले अर्किड एकेडेमी बट्टारसंग प्रतिस्पर्धा गर्न लागेको छ ।

आजदेखि सुरु हुने प्रतियोगितामा छात्रतर्फ प्रथम २५ हजार र दोश्रोले १५ हजार रुपैयाँ नगद पाउने छ भने छात्रातर्फ प्रथमले १० हजार र दोश्रोले ५ हजार रुपैयाँ पाउने छ । साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त समेत प्रदान गरिने भएको छ । यस्तै, खेलभरबाट अनुशासित टिम, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपर समेत चयन गरिने छ ।

No photo description available.

No photo description available.

 

 

No photo description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web