मकवानपुर । बागमती प्रदेशको उपसभामुख पदको निर्वाचन यही माघ २ गते सोमबार हुने भएको छ ।
नवनियुक्त सभामुख भुवन पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई निर्वाचनको तयारी अगाडि बढाउन निर्देशन दिनुभएको छ । उहाँले प्रदेशसभाको बैठकबाटै सोमबार ३ बजेका लागि बैठक समेत आह्वान गर्नुभएको छ ।
सत्ता गठबन्धन तर्फबाट राप्रपाका उम्मेदवार पाठक हिजो शुक्रबार नै सभामुखमा चयन हुनुभएको छ । हिजो बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजन अनुसार उहाँलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२ मत अर्थात् बहुमत प्राप्त भएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते सदनबाट विश्वासको मत लिन लाग्नुभएकाले त्यो भन्दा अघि नै उपसभामुख पदको निर्वाचन गर्न लागिएको हो ।
सत्तारुढ गठबन्धनको भागबन्डा अनुसार उपसभामुख नेकपा एमालेको भागमा परेको छ । उपसभामुखमा नेकपा एमालेले सांसद भारती पाठकलाई बनाउने तयारी गरेको छ ।
16.12¡ÆC