तारकेश्वर गाउँपालिकाद्वारा आयोजित ‘अध्यक्ष कप सेभेन ए साइड फुटवल प्रतियोगिता’ सम्पन्न

पुस २९, २०७९ मा प्रकाशित | 493 views

त्रिशूली । माघे संक्रान्तिको अवसरमा तारकेश्वर गाउँपालिकाद्वारा आयोजित गाउँपालिकास्तरीय ‘अध्यक्ष कप सेभेन ए साइड फुटवल प्रतियोगिता–२०७९’ सम्पन्न भएको छ ।

प्रतियोगिताको विजेता वडा नं १ को टिम ए भयो भने वडा नं ५ को टिम बी द्वितीय र वडा नं १ को टिम बी तृतीय भएको छ ।

हिजो बिहीबार आयोजित प्रतियोगिताको समापन समारोहमा गाउँपालिका अध्यक्ष शिव अधिकारीले उत्कृष्ट भएको पहिलो दोश्रो र तेश्रो खेलाडी टिमलाई नगद पुरस्कारसँगै पदक र प्रमाणपत्रले सम्मान गर्नुभएको छ । प्रथम हुने टिमले नगद ५०, हजार, प्राप्त गर्दा द्वितीय हुनेले . ३० हजार र तेश्रो भएको समूहले २० हजार, रुपैयाँ नगद प्रदान गरिएको छ ।

तारकेश्वर–१, दाङसिङ जब्बरेचौरमा भएको प्रतियोगितामा ६ वडाबाट छानिएका उत्कृष्ट १२ टिम र गाउँपालिकाका कर्मचारीहरूको १ टिम गरी १३ टिम सहभागी थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले विजेतालाई बधाई दिँदै सहभागी सबैप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा उहाँले छिटै गाउँपालिकाले रङ्गशाला निर्माण गर्न लागेको जानकारी दिनुभयो । आगामी वर्षका खेलहरू रंगशालामै सञ्चालन हुने गरी यथाशक्य छिटो निर्माण सम्पन्न गर्ने अध्यक्ष अधिकारीको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web