म्यानचेस्टर सिटी चौथो चरणमा प्रवेश

पुस २५, २०७९ मा प्रकाशित | 380 views

काठमाडौँ । म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो ।

सिटीका लागि रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक/एक गोल गरे ।

यस्तै, राति नै भएका अरु खेलमा डर्बीले बर्नलीलाई र स्टोक सिटीले हार्टलीपोललाई समान ३–० गोल अन्तरले हराए । त्यसैगरी, नर्विच ब्लाक बर्नसित १–० गोल अन्तरले पराजित भयो भने एस्टोन भिल्ला स्टेभेन्जसँग २–१ ले पराजित भयो ।

कार्डिफ र लिड्सले भने २–२ गोल गर्दै बराबरी गरे । यस्तै, ब्रिस्टोल र स्वान्सी सिटीले एक/एक गोलको बराबरी खेले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web