२० असार, अछाम ।
अछाममा बाघको आक्रमणबाट आज एक बालकको ज्यान गएको छ ।

घरमा सुतिरहेका उनलाई राती २ बजे बाघले आक्रमण गरेको थियो ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० कुमालगाउँ निवासी भुपेन्द्र कुमालका ११ महिने छोरा आयुष कुमाललाई बाघले आक्रमण गरि मारेको वयालपाटा प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक गणेश कुँवरले जानकारी दिनुभयो ।

गर्मी हुने भएकोले ढोका खुल्ला राखेर सुतिरहेका बेला उनलाई सुत्दा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

15.47¡ÆC