प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा

पुस १३, २०७९ मा प्रकाशित | 520 views

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्नुभएकाे छ । आज बुधवार बेलुकी उहाँ बालुवाटार सर्नुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्ड ज्याेतिषीले निकालेकाे शुभ साइतमा पूजापाठ गरेर बालुवाटार प्रवेश गर्नुभएकाे हाे । प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्नुभएकाे छ ।

यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाकाे घरमा सर्नुभएकाे थियाे । बूढानीलकण्ठमा रहेकाे निजी निवास अहिले मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा रहेकाे भाडाको घरमा सर्नुभएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web