कुलमान घिसिङले गरे नुवाकोट र रसुवाको अवलोकन

पुस १२, २०७९ मा प्रकाशित | 1022 views

त्रिशुली । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइन निर्माणलाई तिव्रता दिइएको छ ।

सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  सोमबार रसुवामा पुगेर निर्देशन दिनुभएको छ ।

नुवाकोट र रसुवा दुई जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाको कार्य प्रगतिको स्थलगत निरीक्षण एवं जानकारी लिएपछि प्रसारण लाइन निर्माणको कामलाई तिव्रता दिन निर्देशन दिनुभएको हो ।

रसुवागढी र साङ्जेन जलविद्युत् आयोजनाले आगामी वैशाख महिनाबाट परीक्षण उत्पादन गर्ने लक्ष्य लिइसकेको छ । ती दुवै आयोजनाका लागि चिलिमेको थाम्वुचेतमा एउटै हव बनाई गतलाङको बोम्जोडाँडा, ग्रे, हाकु, डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोटको सलाखु दोभानमा रहने विद्युत् सङ्कलन केन्द्रबाट राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन आवश्यक संरचनाको निर्माण तीब्र गतिमा भइरहेको प्राधिरकणले जनाएको छ ।

नुवाकोटको सलाखु खोला दोभान स्थित अक्करेमा निर्माण भइरहेको हवबाट तादी र त्रिशूली नदीलाई आधारित बनाएर सञ्चालनमा रहेका माथिल्लो त्रिशूली थ्रि ए, थ्रि बी, रसुवाको रसुवागढी तथा साञ्जेन फलाखुखोला, माथिल्लो त्रिशूली–१ , लाङटाङ खोला, सुपर मैलुङ, अपर मैलुङ, लाङटाङ भोटेकोसीसमेतका स्थानबाट उत्पादन हुने करिब छ सय मेगावाट विद्युत् एकत्रित गरी राष्ट्रिय प्रसारणमा पठाइने प्राधिकरणले तयारी रहेको छ ।

प्राधिकरणले भविष्यमा उत्पादन हुने बिजुलीसमेत अक्करे हवबाटै एकीकृतरूपले राष्ट्रिय प्रसारणमा पठाइने जनाएको छ । पहिलो चरणमा भने उक्त हवबाट रसुवागढी तथा साञ्जेनको मात्र विद्युत् राष्ट्रिय प्रसारणमा जाने छ । निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको अधिकांश निर्माण सम्पन्न भई समग्रको उपकरण जडान कार्य ७५ प्रतिशतभन्दा माथि गइसकेको छ । अन्य विद्युत् आयोजना धमाधम निमाणाधीन अवस्थामा रहेका छन् ।

सन् २०१३ बाट निर्माण चरणमा अगाडि बढेको ती आयोजनामध्ये रसुवागढीले १११ मेगावाट, तल्लो माथिल्लो साञ्जेनले ४२ दशमलव ५ एवं माथिल्लो साञ्जेनले १४ दशमलव ८ मेगावाट विद्युत् ऊर्जा उत्पादन दिने प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् केन्द्रको भगेनी संस्थाको रूपमा रहेको रसुवागढी जलविद्युत् आयोजनाको पूरै संरचना भूमिगत र साङ्जेनको भने अर्धभूमिगत रहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वः ले जानकारी दिनुभएको छ ।

चिलिमे कम्पनीले सुरूआत गराएको रसुवागढी, साञ्जेन र सिन्धुपाल्चोक जिल्लाका एकसय तीन मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजना सफलतापूर्वक आगाडि बढिरहेको चिलिमे जलविद्युत् केन्द्र स्याफ्रुबेँसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web