नेदरल्याण्ड्स समूह विजेता, कतार जितविहीन

मंसिर १४, २०७९ मा प्रकाशित | 298 views

काठमाडौँ । आयोजक कतारको पहिलो विश्वकप सहभागितालाई बिर्सनलायक बनाउँदै नेदरल्याण्ड्स फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा नेदरल्याण्ड्सले कतारलाई २-० ले पराजित गर्‍यो । दुई जित र एक बराबरीबाट ७ अंक जोड्दै नेदरल्याण्ड्स समूह विजेता बनेको छ । नेदरल्याण्ड्सलाई समूह चरणमा दोस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डे जोङले गोल गरे ।

नेदरल्याण्ड्सले पहिलो खेलमा सेनेगललाई पराजित गरेको थियो भने दोस्रो खेल इक्वेडरसँग बराबरी खेलेको थियो ।

आयोजककै हैसियतमा विश्वकपमा डेब्यु गरेको कतारले भने समूह चरणको तीनवटै खेलमा पराजित भयो ।

यसअघि नै लगातार दुई खेल हारेपछि समूह चरणबाट बाहिरिसकेको कतारको अन्तिम खेललाई सुखद बनाउने चाहना पूरा हुन सकेन । कतार विश्वकपमा समूहको सबै तीन खेल हार्ने पहिलो आयोजकसमेत बन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web