विद्युत महसुल बढाए सशक्त आन्दोलन गर्ने विप्लब माओवादीको धम्की

असार १८, २०७३ मा प्रकाशित | 874 views

१८ असार, काठमाडौं ।

सरकारले आउँदो साउन १ गतेबाट २२ प्रतिशतसम विद्युत महसुल बढाउने भनी गरिएको निर्णयको नेकपा माओवादीले निन्द गरेको छ ।  नेकपा माओवादीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले शनिबार एक प्रेस विज्ञप्तिमा जारी गर्दै सरकारले हालै गरेको विद्युत महसुल वृद्धि निर्णयको कडा विरोध गर्दै भत्सर्ना गरेका हुन् ।  जारी विज्ञप्तिमा सरकारसँग उक्त निर्णय फिर्ता लिन आग्रह गर्दै निर्णय कार्यान्वयन भए देशव्यापी संघर्षमा जाने उल्लेख गरिएको छ ।‘नेपाल राष्ट्र र नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ’ महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ ‘यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसकाविरुद्ध कडा संघर्षमा जाने विषय अवगत गराउँदछ ।’

सरकारले हालै घाटा र सेवाशुल्क कारण देखाई आगामी श्रावण १ गतेबाट लागु हुने गरी विद्युत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशत सम्ममूल्य वृद्धि गर्ने निर्णय गरेको थियो । जसको चौतर्फी तीव्र रुपमा विरोध भइरहेको छ ।

विज्ञप्तिको पूर्ण पाठः

१) ओली सरकारको उर्जा मन्त्रालयले मुकेशराज काफ्ले प्रबन्ध निर्देशक रहेको नेपाल विद्युत प्राधिकरणको सिफारिसमा जगत कुमार भुसाल अध्यक्ष रहेको विद्युत महसुल निर्धारण आयोगले श्रावण १ गतेबाट लागु हुने गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशत सम्ममूल्य वृद्धि गर्ने निर्णय गर्यो । विधुत घाटा र सेवाशुल्कको कारण देखाई गरिएको उक्त मूल्य वृद्धिमा तथ्य त्यो नभई निजी विद्युत कम्पनीहरुको स्वार्थ, विदेशी विद्युत कम्पनीबाट महंगो मूल्यमा विद्युत आयात गर्ने रणनीति, विद्युतको खरिदमा डलरको खेती र विद्युत प्राधिकरण, विद्युत महसुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवं सरकारको भ्रष्टाचार एवं कमिशनको खेलो खेल्ने  उद्देश्य अन्तरनिहित भएको कुरा सजिलै बुझ्न सकिन्छ ।

यसर्थ, हाम्रो पार्टी विद्युत महसुल वृद्धि गर्ने सरकारको यो निर्णयको घोर भत्सर्ना एवं निन्दा गर्दछ । नेपाल राष्ट्र र नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ । यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसविरुद्ध कडा संघर्षमा जाने विषयलाई समेत समयमै अवगत गराउँदछ ।

२)  विद्युत अधिकार जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो । जल श्रोतमा विश्वकै दोस्रो धनी देशमा कथित संघीय लोकतान्त्रिक गणतन्त्रका शासकहरुले जलश्रोत उपयोगको राष्ट्रिय रणनीति विकास गरेर विद्युत उत्पादन गरी जनता र राष्ट्रको आवश्यकतालाई पहिलो र विद्युत व्यापारलाई दोस्रो प्राथमिकतामा राखी कार्य आरम्भ गर्नुको सट्टा देशको जलश्रोत विदेशी शक्तिलाई बुझाएर राष्ट्रघात गर्ने र उपलव्ध विद्युत नीजि कम्पनीको स्वार्थ सुनिश्चित गरी भ्रष्ट्राचार, कमिशन तथा विद्युत चुहावटको खेती गर्नमा राजनैतिक क्षेत्रका दलालहरु र प्रशासनिक क्षेत्रका नोकरशाहहरु ज्यान फालेर लागेका छन्  । यिनलाई राष्ट्र र जनता भाँडमा जाओस् तर न्यूनतम चासो समेत छैन ।

यसर्थ, जलश्रोतको रक्षा एवं राष्ट्रिय उपयोग, मौजुदा विद्युतको सुपथ मूल्यमा न्यायोचित वितरण, वृद्धि गरिएको चर्को मूल्यको खारेजी, डलरको मुल्यमा भइरहेको भ्रष्टाचार र कमिशनको अन्त्यका लागि एकपल्ट नेपाली जनताले निर्णायक क्रान्ति गर्नुको विकल्प छैन । यसका निम्ति आपूmलाई तयारी अवस्थामा राख्न स्वाभिमानी एवं स्वतन्त्रताका पक्षधर न्यायप्रेमी नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक अपिल  छ ।

विद्युतमा गरिएको चर्को मुल्य वृद्धि ओली सरकारले तत्काल फिर्ता नलिए पार्टीले निकट भविष्यमै आह्वान गर्ने देशव्यापी आन्दोलनको कार्यक्रममा सहभागिताको निम्ति पूर्वतयारी अवस्थामा रहन आम नेपाली जनसमुदायमा हार्दिक आह्वान गर्दछ । हाम्रो पार्टी जहिले पनि देश र जनताको पक्षमा रही रहनेछ । धन्यवाद ।।

१८ असार ०७३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web