नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै

भदौ १७, २०७९ मा प्रकाशित | 296 views

काठमाडौँ । नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदैछ । नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् ।

पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुनेछ । केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालकाे कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् । केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web