नेपालले केन्यालाई ४ विकेटले हरायो

भदौ १२, २०७९ मा प्रकाशित | 346 views

काठमाडौँ । केन्यासँगकाे तेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ४ विकेटले हराएकाे छ ।

नैराेबीकाे जिमखाना मैदानमा केन्याले दिएकाे एक सय ५७ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, राेहित पाैडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक/एक विकेट लिए ।

याे जितसँगै पाँच खेलको शृङ्खलामा नेपालले दुई–एककाे अग्रता लिएकाे छ । नेपाल र केन्याले तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्ने तालिका पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web