दक्षिण अफ्रिकासँगको पहिलो टेस्टमा इङ्ग्ल्यान्ड पराजित

भदौ ४, २०७९ मा प्रकाशित | 299 views

काठमाडौँ । दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई एक इनिङ्स र १२ रनले हराएको हो ।

जितसँगै ३ खेलको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ। इङ्ग्ल्यान्डको दोस्रो पारीलाई १ सय ४९ रनमा समेट्दै दक्षिण अफ्रिकाले दुई दिनभन्दा बढीको खेल बाँकीको अवस्थामा जित हात पारेको हो । पहिलो पारीमा दक्षिण अफ्रिकाले १ सय ६१ रनको अग्रता बनाएको थियो ।

१ सय ६१ रनले पछि परेको दोस्रो पारीमा इङ्ग्ल्यान्डले १ सय ४९ रन जोड्दा सबै विकेट गुमायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा अलआउट हुनुअघि १ सय ६५ रन बनाएको थियो । पहिलो पारीमा दक्षिण अफ्रिकाले ३ सय २६ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

दुई देशबीचको दोस्रो टेस्ट बिहीवार हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web