ला लिगा फुटबलमा रियल मड्रिडको विजयी सुरुवात

साउन ३०, २०७९ मा प्रकाशित | 417 views

काठमाडौँ । साविक विजेता रियल मड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ।

गएराति भएको खेलमा रियल मड्रिडले अल्मेरियाविरुद्ध २–१ गोलको जित निकाल्यो । रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे।

अल्मेरियाका लागि लार्जी रामाजानीले गोल गरे । जितसँगै साविक विजेता रियलले तीन अङ्क जोड्यो।

गएराति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने रायो भालेकानो बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web