त्रिशूली । स्थानीयतहको निर्वाचनमा पाटीको आधिकारिक उम्मेदवारलाई हराउन कोसिस गरेको भन्दै नेपाली कांग्रेस सूर्यगढी गाउँ कार्यसमितिले कार्यसमितिका सभापति शंकर प्याकुरेल सहित नौ जनालाई कारबाहीको लागी सिफारिस गरेको छ । नेपाली काँग्रेस सूर्यगढी गाँउ कार्यसमितिका सभापति शंकर प्याकुरेल सहित पालिका पदाधिकारी, निवर्तमान जनप्रतिनिधि र क्रियाशिल सदस्यहरुलाई कारबाहीको लागी वडातहबाट आएको सिफारिस अनुमोदन गर्दै माथिल्लो निकायमा सिफारिस गरेको हो ।
पालिका सभापति शंकर प्याकुरेल सहितका टोलीले पाटीको आधिकारिक उम्मेदवारलाई हराउन कोसिस गरेको भनेर वडा कार्य समितिको बैठकले गरेका निर्णय अनुसार गाउँ कार्यसमितिका उप–सभापति कालु तामाङको अध्यक्षतामा बसेको सूर्यगढी गाँउ कार्यसमितिको बैठकले स्थानीयतहको निर्वाचनमा पाटीका उम्मेदवारलाई हराउन कोसिस गर्नेहरुलाई साधारण सदस्य समेत नरहने गरेर वडाबाट आएको निर्णयलाई अनुमोदन गर्दै कारबाहीको लागी माथिल्लो निकाय प्रदेस कार्यसमितिमा पठाएको हो ।
गएको बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनमा पालिकाको अध्यक्षको उम्मेदवार सन्तबहादुर घले सहित वडातहसम्मका उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेकोे अभियोग लगाउदै गाँउ कार्यसमिति सभापति शंकर प्याकुरेल, उप–सभापति रामकुमार गिरी, सचिव शंकर–सन अधिकारी र सह–सचिव प्रकाश भट्टराईलाई कारवाही गर्नको लागी वडाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै माथिल्लो निकायमा पठाउने निर्णय गरेको हो ।
यस्तै, पाटीको आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय रहेको आरोपमा नेपाल तरुण दल नुवाकोटको सचिव सुवन गिरी, सूर्यगढी–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष दिपेन्द्र गिरी, क्षेत्र नं .१ को क्षेत्रीय सदस्य ईन्द्रप्रसाद लामिछाने (रञ्जन), नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) को सह–सचिव सचिन्द्रकुमार अधिकारी र क्रियाशिल सदस्य एवम् शिक्षक संघका तत्कालीन सचिव चतुसन अधिकारीलाई कारबाहीको लागी सिफारिस गरेको हो ।
गएको बैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमा पाटीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै पालिका सभापति सहित नौ जनालाई विभिन्न वडाबाट कारबाहीको लागी निर्णय भएकाले गाँउ कार्य समितिको बैठकले जस्ताको तस्तै माथिल्लो निकाय प्रदेस कमिटीमा पठाउने निर्णय गरेसगैँ सूर्यगढी काँग्रेसमा प्रभाव राख्ने व्यक्तिका रुपमा चिनिएकाहरुको राजनीतिक यात्रामा अबरोध पुगेको छ ।
उनीहरुलाई कारवाही गर्न वडातहबाट सर्वसम्मत निर्णय भएअनुसार गाउँकार्यसमितिको सिफारिसलाई प्रदेस समितिले समेत अनुमोदन गर्ने नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापति रामजी पौडेलले जानकारी दिनुभएको छ ।
वडाबाट आएको सिफारिसको आधारमा पाटीको आधिकारिक उम्मेदवार विरुद्ध लाग्नेहरुलाई कारबाहीको लागी माथिल्लो निकायमा सिफारिस गर्न बसेको गाँउ कार्यसमिति बैठकमा उनीहरुलाई कारबाही गर्ने माथिल्लो निकाय नेपाली कांग्रेस नुवाकोट क्षेत्र नंं १ को प्रदेश (ख) का सभापति रामजी पौडेल समेत उपस्थित हुनुभएको थियो ।
यस्तै, बैठकमा सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घले, उपाध्यक्ष मञ्जु ढकाल सहित महाधिवेशन प्रतिनिधिहरु कुमार गुरुङ, शिवप्रसाद अधिकारी, सूर्यगढी गाउँपालिका वडा नं. १ देखि ५ नं. सम्मका पाटी सभापतिहरु, काँग्रेसबाट निर्वाचित वडा नं. २ को वडाध्यक्ष दिपक अधिकारी, वडा नं. ४ को वडाध्यक्ष रामशरण राई, पार्टीका विभिन्न तहमा रहेका प्रतिनिधि तथा विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थितिले कारबाहीको लागी वडाबाट आएको निणय जायज देखिकाले माथिल्लो निकायलाई जस्ताको तस्तै कार्यान्वयन गर्न माग गरेको छ ।
विशेष गरेर वडा नं. २, ३ र ४ मा हालै बसेको वडा कार्यसमितिको बैठकले स्थानीतयहको निर्वाचनमा पाटीको आधिकारिक उम्मेदवार विरुद्ध घात गर्नेहरुलाई साधारण सदस्य समेत नरहने गरेर कारबाहीको लागी गाँउ कार्यसमिति समक्ष सिफारिस गरेको थियो ।
पाटीको आधिकारिक उम्मेदवारलाई हराउनको लागी नेपाली काँग्रेस सूर्यगढी गाँउ कार्यसमितिका जिम्मेवार पदाधिकारी सहितको समूह लागेपनि पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा नं.२, ४ र ५ को वडाध्यक्ष सहित गाँउसभादेखि कार्यपालिकासम्म नेपाली काँग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् ।
सूर्यगढी गाँउ कार्यसमितिको बैठक र बैठकले गरेका निर्णय तपशिल अनुसार रहेको छ :







19.12¡ÆC