नगरपालिका संघको बागमती प्रदेश सदस्यमा बिदुरको उप-मेयर प्रभा बोगटी चयन

साउन १०, २०७९ मा प्रकाशित | 1283 views

काठमाडौ । नेपाल नगरपालिका संघको बागमती प्रदेशको सदस्यमा बिदुर नगरपालिकाका उपपमेयर प्रभा बोगटी चयन हुनुभएको छ । काठमाडौमा सम्पन्न भएको नगरपालिका संघको अभिमुखिकरण तथा बागमति प्रदेस समिति गठन कार्यक्रम मार्फत बिदुर नगरपालिकाका उपपमेयर प्रभा बोगटी नेपाल नगरपालिका संघको बागमती प्रदेशको सदस्यमा चयन हुनुभएको हो ।
नेपाल नगरपालिका संघको बागमती प्रदेशको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्की र सहसंयोजकमा कालिका नगरपालिकाको नगर प्रमुख विनोद रेग्मी चयन हुनुभएको छ ।

May be an image of 1 person

नेपाल नगरपालिका संघको बागमती प्रदेश सदस्यहरुमा बिदुर नगरपालिकाका उपपमेयर प्रभा बोगटी सहित नागार्जुन नगरपालिकाका उपपमेयर सुशिला अधिकारी, कमलामाई नगरपालिकाका उपपमेयर मञ्जु देवकोटा, चाँगुनारायण नगरपालिकाका मेयर रमेश बुढाथोकी, बनेपा नगरपालिकाका उपपमेयर बिमला सापकोटा, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, कमलामाई नगरपालिकाका, मेयर उपेन्द्र पोखरेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, बाह्रबिशे नगरपालिकाका उपमेयर मञ्जु तामाङ, दक्षिणकाली नगरपालिकाका उपपमेयर बसन्ती तामाङ डंगोल र गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको संघले जनाएको छ ।

संघले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशका नगरपालिकाहरुका मेयर र उपमेयरहरुको भेलाले सर्वसम्मत रुपमा नयाँ कार्यसमित चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिले सबै नगरपालिकाको समस्याहरुलाई साझा समस्याको रुपमा लिएर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल सरकार र प्रदेश सरकारसंग सहकार्य र समन्वय गरी नगरपालिकासंग सम्बन्धित ऐन कानूनहरु निर्माणका लागि कार्य गर्ने बताउदै नगरपालिकाहरुले गरेका कार्यहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायहरुसंग समन्वय गर्ने उल्लेख गरिएको छ ।
नगरपालिका संघको बिधान अनुसार बहुमत स्थानीय तहमा विजयी नेपाली कांग्रेस र दोस्रो ठूलो पाटी नेकपा एमालेबाट संयोजक र सहंयोजक चयन गरिएको संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष अशोक कुमार श्रेष्ठले पार्टीभन्दा माथी उठेर स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउने गरी काम गर्न सुझाब दिनुभएको छ । कार्यक्रममा नेपाल नगरपालिका संघका महासचिव भिम ढुंगाना लगायत पदाधिकारीहरु र बागमती प्रदेशमा भएका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web