कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

साउन ४, २०७९ मा प्रकाशित | 497 views

काठमाडौँ । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् ।

सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल पनि उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो । रिक्त पदमा देउवाले नयाँ नियुक्ति गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web