माओवादी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले जवाफ दिने

असार २१, २०७९ मा प्रकाशित | 486 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै हुनुहुन्छ ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिन लाग्नु भएको हो ।

हिजो र अस्तिको बैठकमा नेताहरुले पालिका चुनावसम्बन्धी समीक्षा र पार्टी निर्माणबारे प्रश्न गरेका थिए । उनीहरुले केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग राखेका छन् । यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै नेताहरुले पदाधिकारी टुङ्ग्याउनु पर्नेमा जोड दिएका हुन् ।

यस्तै, पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्नेमा उनीहरुको जोड छ । पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रचण्डले अस्ति पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि पालिका चुनावमा कांग्रेस इमानदार र गम्भीर नभएको उल्लेख छ भने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलबाहिर पनि गठबन्धन या तालमेल गर्न सकिने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web