त्रिशूली । ‘शिवपुरी आधारभूत अस्पताल शेराबगर’मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५० भन्दा बढी बिरामीले स्वास्थ्य जाँच तथा निःशुल्क औषधि सेवा लिएका छन् ।
युवा स्वास्थ्यकर्मी सञ्जाल, राष्ट्रिय युवा परिषद् नेपालको आयोजनामा शनिबार आयोजित शिविरमा जनरल सेवा र दन्त सम्बन्धि समस्या भएका १५० जना बिरामीले सेवा लिएको शिवपुरी गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिनुभएको छ । उहाँको अनुसार जनरल सेवा तर्फ पेट, हड्डी र नसा सम्बन्धि समस्याका बिरामीले स्वास्थ्य जाँच गराएका छन भने दन्त सम्बन्धि समस्यामा दाँतको परीक्षण, दात निकाल्ने लगायतको सेवा दिइएको थियो ।
जाँच गराउने बिरामीलाई दन्ततर्फ डाक्टर आशिस सिग्देल र डेन्टल हाइजेनिष्ट विष्णुकुमार थिङ, जनरलतर्फ डाक्टर रंजिश परशैला सहितको टोलीले बिरामीको जाँच एंव परीक्षण गरेका थिए । शिविरमा जाँच गराएका बिरामीलाई थप उपचार तथा जटिल समस्या देखिएकालाई काठमाडौमा सहुलियत शुल्कमा उपचारको लागी सिफारिस गरिएको छ ।






तस्वीर सौजन्य : शिवपुरी गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख उद्धव कार्की ।
15.86¡ÆC