११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न आयात

असार ७, २०७९ मा प्रकाशित | 463 views

काठमाडौँ । सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाएर आयात घटाउने भने पनि खाद्यान्न आयात भने बढेको बढ्यै छ ।

११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको भन्सार विभागले जनाएकाे छ । यसमध्ये ४५ अर्ब २९ रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बिउ रहेको छ ।

यस्तै एक खर्ब १३ अर्ब रुपैयाँको घिउ–तेलजन्य वस्तु र कच्चा पदार्थ, ३४ अर्ब १५ करोड रुपैयाँको तरकारी, २२ अर्ब ७७ करोड रुपैयाँको फलफूल, आठ अर्ब ४४ करोड रुपैयाँको चिया–कफी र २७ अर्ब रुपैयाँको खाद्य उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात भएको छ ।

यस्तै ११ महिनामा एक खर्ब ५३ अर्ब रुपैयाँको फलाम र स्टिल, एक खर्ब ३३ अर्ब रुपैयाँको मेशिनरी सामान, एक खर्ब १३ अर्ब रुपैयाँको विद्युतीय सामग्री, ९३ अर्ब रुपैयाँका गाडी, ६५ अर्ब रुपैयाँको प्लास्टिक र ६४ अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ आयात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web