१५ असार, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा ऐन, आठौं संशोधन विधेयक २०७३ लाई प्रमाणिकरण गर्नुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणिकरण गर्नुभएको हो ।

व्यवस्थापिका संसदले गत जेठ २२ गते सो विधेयक पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो ।

व्यवस्थापिका संसद बैठकबाट पारित शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ऐनका बिषयमा अस्थाई शिक्षकले भने असहमति जनाउदै आएका छन् । तर अब ऐन प्रमाणिकरण भएसँगै अस्थायी शिक्षकहरूले प्रतिस्पर्धा गर्ने वा स्वेच्छिक अबकाश लिने सहितका बिकल्प पाउनेछन् ।

अब विद्यालय क्षेत्रको संरचनामा परिवर्तन भई कक्षा १२ बाट प्रवेशिका परीक्षा लागू हुनेछ ।

17.09¡ÆC