त्रिशूली । नेपाल कम्युनिष्ट पाटी (बहुमत)ले नुवाकोटमा जिल्लामा हुदै आएका नदी तथा खानीजन्य निर्माण सामाग्रिको अबैध कार्य रोक्नको लागी सम्बन्धित पक्षले चासो नदिए आफै रोक्न बाध्य हुने चेतावनी दिएको छ । हालै विदुरमा बसेको नेकपा बहुमतको जिल्ला कमिटीको बैठकले नुवाकोट जिल्लामा राजनैतिक आडमा हुदै आएको अबैध बालुवा उत्खनन्, नदीजन्य सामाग्रिको संकलन तथा ओसारपसार, सार्वजनिक सम्पत्तिको दोहन बढिरहेको भन्दै रोक्नको लागी सरोकारवाला निकायलाई सचेत गराउने र नरोकिए बन्द गर्नको लागी पाटी आफै लाग्न बाध्य हुने उल्लेख गरिएको छ ।
पाटीको जिल्ला सेक्रेटरी शंकर र जिल्ला ईञ्चार्ज रक्तिमले जारी गरेको विज्ञप्ती अनुसार जिल्ला कमिटीको बैठकले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको पुर्नगठन र पाटी संगठनलाई व्यापक रुपमा अगाडी बढाउने, विभिन्न राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, नागरिक समाज र कार्यालय प्रमुखहरुसंग राजनीतिक छलफल तथा भेटघाट गर्ने, मूल्यबृद्धि, मिटरब्याज, बित्तीय शोषण, सामाजिक विभेद, भ्रष्टाचार तथा राष्ट्रियता सम्बन्धि विषयवस्तुलाई लिएर सघर्ष र सांकेतिक बिरोध गर्ने निर्णय गरेको छ ।
यसैगरी, किसानलाई समयमै मल र बीउ तथा कृषि सम्बन्धि आवश्यक सामाग्रि उपलब्ध गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने निर्णय नेकपा बहुमतको नुवाकोटको जिल्ला कमिटी बैठकले गरेको छ ।
बैठकको निर्णय यस प्रकार रहेको छ ।

18.12¡ÆC