काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलसम्म तानिएको छ ।
इटी टोलमा रहेको रथलाई आज बुधवार लगनखेल हुँदै जावलाखेलसम्म तानिएको हो । रथ तान्ने क्रममा हजारौँको सङ्ख्या मानिस जम्मा भएका थिए भने रथ तानुञ्जेल लगनखेल–जावालाखेल सडक प्रभावित भयो ।
अब यही २१ गते शनिवार भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
रातो मच्छिन्द्रनाथको रथजात्रा गएको वैशाख २१ गते पुल्चोकबाट रथ तानेर सुरु भएको हो ।
23.12¡ÆC