विपक्षीको अराजक रोक्न नुवाकोटका प्रत्येक मतदान स्थलमा एकसय तरुण युवा परिचालन

बैशाख २५, २०७९ मा प्रकाशित | 875 views

त्रिशूली । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल नुवाकोटले आसन्न निर्वाचनलाई स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन प्रत्येक मतदान स्थलमा एकसय जना तरुण युवाहरुलाई परिचालन गर्ने भएको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा देशभरका मतदान केन्द्रहरुमा नेपाल तरुण दलले स्वयंसेवक परिचालन गर्ने केन्द्रिय कार्यसमितिको निर्णय अनुसार नुवाकोटमा पनि कायम रहेको १३२ मतदान स्थलमा एकसय जनाको दरले तरुण दलमा आबद्ध युवा खटाउन लागिएको नेपाल तरुण दल नुवाकोटका सचिव सुबन गिरीले जानकारी दिनुभएको छ । उहाँको अनुसार मतदानको दिन बैशाख ३० गते मतदातालाई सहज रुपमा मतदान गर्ने वातावरण तयार गर्नदेखि मतदाता शिक्षा सिकाउन, विपक्षी दलहरुबाट हुनेसक्ने अराजक गतिविधि रोक्न तथा खबरदारी गर्न प्रत्येक मतदान स्थलमा एकसय जना युवा परिचालन गर्न लागिएको छ ।
नेपाल तरुण दलको केन्द्रीय कार्य समितिको नीति अनुसार ‘एक बुथ : सय युथ’ अर्थात एक मतदान स्थलमा एक सयजना युवा परिचालन गरेर निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र निश्पक्ष रुपमा चुनाव गराउन र त्यसक्रममा नेपाली काँग्रेस र काँग्रेस सहित अन्य दलहरुबीच तालमेल गरेर उठाएको उम्मेदवारलाई बिजयी गराउनको लागी भूमिका निर्वाह गर्ने खटिने युवाहरुलाई जिम्मेवारी तोकिएको छ ।
नेपाल तरुण दल नुवाकोटका सदस्य एंव विपी स्टडी युर्थ सर्कल नुवाकोटका अध्यक्ष सुवास पुरीको अनुसार मतदान स्थलमा खटिने तरुण युवाहरुले मतदातालाई भोट दिने तरिका सिकाउने, विपक्षी पाटी र उम्मेदवारबाट हुनसक्ने कानूनले निषेध गरेको गतिविधि भएमा रोक्ने तथा त्यसलाई रोक्न खबरदारी गर्दै प्रहरी–प्रशासनलाई सूचना उपलब्ध गराउनको लागी जिम्मेवारी तोकिएको छ ।
नेपाल तरुण दलको परिपत्र अनुसार स्थानीयतहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन तरुण दलले आ–आफ्नो सम्पूर्ण शक्तिलाई जिल्ला कार्यसमितिले वडा तहसम्म नै निर्वाचन परिचालन एवम् सहयोग समिति बनाई प्रत्येक बुथमा एक सयजना युवाहरुलाई खटाउन लागिएको तरुण दल जिल्ला सदस्य सुवास पुरीले स्पष्ट पार्नुभएको छ ।

काँग्रेसका उम्मेदवार बिजयी गराउन आह्वान :
यही बैशाख ३० गते हुन गिरहेको निर्वाचनमा उत्साहजजनक सहभागिा जनाएर नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउनको लागी नेपाल तरुण दल नुवाकोटका सचिव एंव नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ बागमति प्रदेशका संयोजक सुवन गिरीले आग्रह गर्नुभएको छ ।


मतदान स्थलमा स्वंयम सेवकको रुपमा खटिने युवालाई निश्पक्ष रुपमा चुनाव सम्पन्न गराउने जिम्मेवारी पूरागर्न आग्रह गर्दै मतदान स्थल बाहिर रहने युवा र यातायात क्षेत्रका व्यवसायी तथा कर्मचारी लगायतलाई पनि व्यवसायी र श्रमिकहरुको साझा पाटीको रुपमा रहेको नेपाली काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ बागमति प्रदेशका संयोजक सुवन गिरीले आह्वान गर्नुभएको हो ।
नेपाली काँग्रेसको युवा भातृ सँस्था नेपाल तरुण दल र समग्र यायायात व्यवसायीहरुको छाता सँस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको समर्थनले नेपाली काँग्रेसका उम्मेदवारलाई जितको लागी मनोबल थप उच्च हुने विश्वास लिइएको युवा नेता ताथ व्यवसायी सुवन गिरीले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web