नेकपाको समर्थनका स्वतन्त्र उम्मेदवार भोट माग्न मतदाताको घरदैलोमा

बैशाख १९, २०७९ मा प्रकाशित | 799 views

त्रिशूली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले नुवाकोटको
स्थानीयतहको चुनावमा जनपक्षीय उम्मेदवारहरुलाई स्वतन्त्र रुपमा उठाएसगैँ चुनावी प्रचार अभियानमा लागेको छ ।
नेकपाको केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज सविता तामाङ ‘बिन्दु’ले दिएको जानकारी अनुसार नेकपा पाटीको १२ औँ केन्द्रीय समितिको दस्तावेज र परिपत्र अनुसार भएको निर्देशन अनुसार नुवाकोटको विदुर नगरपालिकाको मेयरमा सन्तोष बोगटी र उपमेयरमा चन्द्रमाया कुमालले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियान अघि बढाएका छन् । यस्तै, बेलकोटगढी नगरपालिकाको वडा नंं. ९ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिनेश विश्वकर्माले पनि चुनावी अभियान जारी राखेका छन् । मेयरमा सन्तोष बोगटी र उपमेयरमा चन्द्रमाया कुमालले स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चुनाव चिन्ह र वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिनेश विश्वकर्माले गुलाफको फूल चुनाव चिन्ह लिएर चुनावी अभियानमा भोट माग्न लागिरहेका छन् ।
नेकपाले आसन्न चुनावको लागी अमेरिकी अनुदान सहयोग कार्यक्रम एमसिसीको विपक्षमा रहेका उम्मेदवारहरुलाई स्वतन्त्र रुपमा उठ्नको लागी प्रोत्साहन गर्ने तथा अन्य पाटीहरुलाई आसन्न चुनावमा उम्मेदवार बनाउदा भ्रष्टचारी, एम.सि.सी पक्षधर, तस्करी, दलाल, कालोबजारी, राष्ट्रघाती तथा जनघाती, व्यविचारीलाई उम्मेदवार नबनाउन आग्रह गर्ने नीति अनुरुप यो चुनावमा तीन पदका उम्मेदवारलाई समर्थन गरेको जनाएको छ । नेकपाको समथर्नमा रहेका उम्मेदवारहरुको प्रचार अभियान अघि बढाउन, जनमतको समर्थन बटुल्नको लागी नेकपाले नुवाकोटमा पाटीका नेता विष्णु खड्काको नेतृत्वमा बादल, फणिन्द्र र राम सदस्य रहेको निर्वाचन परिचालन समिति समेत गठन गरेर मतदाताको घरदैलो अभियान जारी राखेको छ ।
नेकपाले एमसिसी विरुद्धमा लागेका राष्ट्रवादी, स्वतन्त्र तथा स्वेच्छकारी असल नागरिकलाई आसन्न चुनावको लागी दक्षता र क्षमता हेरेर विभिन्न पदमा स्वतन्त्र रुपमा उठाउनको लागी प्रोत्साहन गर्ने र चुनाव जिताउनको लागी समर्थन गर्ने यसअघि नै जनाएको थियो । यसअघिको चुनवामा निर्वाचन विरुद्धको अभियान चलाउदै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेकपाले यो पटकको चुनावमा भने सक्रियताको साथ सहभागिता जनाउदै शान्तिपूर्ण, निश्पक्ष र धाधलीरहित रुपमा सम्पन्न गराउन र यस निर्वाचन मार्फत जनपक्षीय उम्मेदवारलाई बिजयी गराउनको लागी चुनावी अभियानमा होमिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web