बेलकोटगढी–८ मा नेकपा एमालेबाट सुरेश चित्रकार वडाध्यक्षमा सर्वसम्मत प्रस्ताव

बैशाख ८, २०७९ मा प्रकाशित | 1081 views

त्रिशूली । नुवाकोटको बेलकोटगढि नगरपालिका वडा न. ८ मा नेकपा एमालेबाट सर्बसम्मत रुपमा उम्मेदवार चयन गरिएको छ । आसन्न स्थानीयतहको निर्वाचनको लागी उम्मेदवार चयन गर्न विभिन्न स्थानमा समस्या कायमै रहेपनि बेलकोटगढी नगरपालिकाले एकपछि अर्को गर्दै अधिकांश वडामा सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गाउदै अघि बढ्ने क्रममा बेलकोटगढी नगरपालिका वडा नं. ८ मा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ ।
बेलकोटगढी नगरपालकाको वडा नं.८ (साविक जिलिङको तल्लोभेग) मा नेकपा एमालेबाट वडाध्यक्षमा युवा नेता सुरेश चित्रकार (निश्चल ढुकढुकी) चयन हुनुभएको हो ।
यसअघि वडा सदस्यको रुपमा जनप्रतिनिधिको भूमिकालाई उच्चतम रुपमा पूरा गरेसगैँ वडामा निकै लोकप्रिय रहेका युवा नेता सुरेश चित्रकार सहित वडाको पदाधिकारीहरु चारैजना वडासदस्य सबै सर्वसम्मत रुपमा चयन भएका छन् ।
वडा कमिटीले चयन गरेको वडा पदाधिकारीहरुलाई अहिलेका वडाअध्यक्ष भोजप्रसाद पुडासैनी सहित सबै पक्षबाट बधाई सहित जितको लागी शुभकामना प्रदानगर्दै चुनावी प्रचारमा जुट्न सुरु भएको छ ।

May be an image of 5 people, people sitting, people standing, motorcycle, outdoors and text that says "INFINIX AI CAMERA"
‘मेरो वडा म जिताउछु : हाम्रो पालिका हामी जित्छौ’ अभियान चलाउदै आएको नेकपा एमालेले नुवाकोटको बेलकोटगढीमा यसअघिको जस्तै पुनः नेकपा एमालेको सूर्यअंकित झण्डालाई फहराउने लक्ष्यको साथ चुनाव अभियानलाई तिव्र बतानाएको छ ।
यसअघिको चुनावमा पालिका प्रमुखमा राजेन्द्ररमण खनाल सहित १० वटा वडामा जितेको नेकपा एमालेले यो पटक पनि त्यो भन्दा बढी स्थानमा नतिजा आफ्नो पक्षमा ल्याउने गरेर लागेको छ ।

May be an image of 6 people, people sitting, people standing, motorcycle and outdoors
वडा नं. ८ को वडाध्यक्षमा नेकपा एमाले पाटीबाट सिफारिस हुनुभएका सुरेश चित्रकारले वडामा यसअघि जनताको लागी दिनरात तथा घामपानी समेत नभनी अहोरात्र पुराएको योगदानको जनताबाट साथ पाउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
वडा नं ८ मा ५ सिट सहित पालिकाको लागी प्रमुख र उप्रमुखमा समेत वडा नं. ८ बाट अन्य पाटीहरुको भन्दा नेकपा एमालेलाई सर्वाधिक लोकप्रिय मत आउने निश्चित देखिएको छ । गठबन्धन भएपनि बेलकोटगढी नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो छ भने उम्मेदवारहरु पनि लोकप्रिय रहेकाले पनि नेकपा एमालेले सबै स्थानमा जित्न सक्ने लक्ष्यको साथ अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web